images
images

चुनावमा प्रभावकारी बन्दै टेलिकमको ग्रुप एसएमएस सेवा


  • 431
    SHARES
  • २०७९ कार्तिक २५ गते शुक्रबार

    चुनावमा प्रभावकारी बन्दै टेलिकमको ग्रुप एसएमएस सेवा

    काठमाडौं । नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा प्रभावकारी बनेको छ । यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइल सन्देश पठाउन सकिनेछ । 

    यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्रै लाग्ने टेलिकमले जनाएको छ । यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिन्छ ।

    यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत करबाहेक २५ सय रुपैयाँमा ५ दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ । श हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार रुपैयाँमा १० दिन भत्रमा जम्मा १० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ ।  

    यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुने टेलिकमले प्रष्ट पारेको छ । 

    मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले जनप्रतिनिधिहरुले यो सेवा प्रयोगलाई ब्यापक बनाएका छन् । 


    images
    images

    Logo