काठमाडौं । मौसम पूर्वानुमान अनुसार आगामी तीन दिन शनिबार, आइतबार र सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन रचट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाकोसमेत सम्भावना छ।
सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।



