images
images

विश्वकै लामो दूरीको दिल्ली– लण्डन बस यात्रा शुरू हुँदै, भाडा २४ लाख 


  • 639
    SHARES
  • २०७९ आश्विन २० गते बिहीबार

    विश्वकै लामो दूरीको दिल्ली– लण्डन बस यात्रा शुरू हुँदै, भाडा २४ लाख 

    काठमाडौ । विश्वकै सबै भन्दा लामो दिल्ली–लन्डन बस सेवा सुरु गर्ने तयारी गरिएको  छ। यो सेवा यस वर्ष सेप्टेम्बरदेखि सुरु हुने अपेक्षा गरिएको छ।

    दिल्लीदेखि लन्डनसम्म पुग्न १८ देश हुँदै जानुपर्छ । करिब २० हजार किलोमिटरको यात्रा तय गर्न करिब ७० दिन लाग्नेछ। त्यसका लागि १५ लाख भारतीय रुपैयाँ अर्थात् २४ लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्नेछ । जसमा बसको टिकट, भिसा र विभिन्न देशमा बस्ने व्यवस्था पनि समावेश छ ।

    सो बस भारत, म्यानमार, थाइल्याण्ड, लाओस, चीन, किर्गिजस्तान, उजबेकिस्तान, काजाकिस्तान, रुस, लाटभिया, लिथुआनिया, पोल्याण्ड, चेक गणतन्त्र, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स र बेलायत समावेश छन्। दिल्लीदेखि लण्डन बस सेवा चर्चामा आएसँगै कलकत्तादेखि लन्डन बस सेवाको बारेमा समेत चर्चा गरिरहेका छन् जुन सन् १९७३ सम्म चलेको थियो ।

    ७२ वर्षअघि कोलकातादेखि लण्डन र लन्डनदेखि अस्ट्रेलियासम्म लक्जरी बस सेवा चल्थ्यो । यो संसारको सबैभन्दा लामो बस रुट थियो। लन्डनदेखि कलकत्तासम्मको बस यात्रा ४५ दिन लाग्थ्यो । त्यसबेला यसको एकतर्फी भाडा १४५ पाउण्ड थियो । त्यो समयअनुसार यो भाडा निकै महँगो थियो । कोलकाता जाने यो बस लन्डन, बेल्जियम, पश्चिम जर्मनी, अस्ट्रिया, युगोस्लाभिया, बुल्गेरिया, टर्की, इरान, अफगानिस्तान, पश्चिम पाकिस्तान हुँदै भारत पुग्ने गर्दथ्यो।

    सबैभन्दा लामो बस यात्रा

    संसारको सबैभन्दा लामो बस यात्राको रुट २०,००० किलोमिटर थियो। यो बसको रुट लाहोरदेखि कलकत्ता हुँदै अमृतसर, दिल्ली, आगरा, इलाहाबाद, बनारस थियो। १९७२ मा कोलकातादेखि लन्डन बस सेवाको लागि भाडा १४५ पाउण्ड थियो। पछि यो भाडा बढ्यो, तर यो कोलकाता–लन्डन भाडामा बसको भाडा, खाना, ब्रेकफास्ट र बाटोमा होटलहरूमा बस्ने व्यवस्था थियो।


    images
    images

    Logo