images
images

पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर


  • 610
    SHARES
  • २०७९ आश्विन १३ गते बिहीबार

    पर्यटकको मागअनुसार हेली एभरेष्टले थप्यो अर्को हेलिकोप्टर

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणमा आएसँगै आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले एक हेलिकोप्टर थप गरेको छ । 

    सिलिङ, साइट सिइङ, रेस्क्यु, फिल्मिङ, माउन्टेन फ्लाइटलगायत सेवा थप विस्तारका लागि एक हेलिकोप्टर खरिद गरिएको हेली एभरेष्ट कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले जानकारी दिए ।

    उनका अनुसार अहिले खरिद गरिएको हेलिकोप्टरसँगै अब कम्पनीसँग हेलिकोप्टर सङ्ख्या तीन पुगेको छ । आन्तरिक र बाह्य पर्यटकको मागअनुसार हेली एभरेष्ट कम्पनीले सिम्रिक एयरको एउटा एयरबसको बी–थ्रीइ सिरिज हेलिकोप्टर खरिद गरेको बताइएको छ ।
     
    कोरोना सङ्क्रमण सहज भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको धार्मिक तथा पर्यटकीय गन्तव्यमा आउजाउ गर्ने क्रम वृद्धि भएको र हेलिकोप्टरको माग बढेकाले कम्पनीले हेलिकोप्टर सङ्ख्या थप गरेको कम्पनीले जनाएको छ ।


    images
    images

    Logo