images
images

श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु, कति पर्छ भाडा ?


  • 452
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    श्री एयरको माउन्टेन फ्लाइट पुनः सुरु, कति पर्छ भाडा ?

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । 

    कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।

    उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि १५ हजार रुपैयाँ र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि  थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ ।


    images
    images

    Logo