images
images

सोलुखुम्बु–लुक्ला उडान रामेछापको मन्थली विमास्थलबाट सुरु


  • 695
    SHARES
  • २०७९ आश्विन ७ गते शुक्रबार

    सोलुखुम्बु–लुक्ला उडान रामेछापको मन्थली विमास्थलबाट सुरु

    काठमाडौं । रामेछापको मन्थली विमास्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

    उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवासुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले यही असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तयारी गरिसकेका छन् । 

    लुक्ला उडान गर्ने यात्रु बढी विदेशी पर्यटक हुने भएकाले रामेछापको मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएकाले अहिले विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवासुविधाका लागि विमानस्थल निर्माणकार्य तीव्र गतिमा विस्तार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

     


    images
    images

    Logo