काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस ‘एक्सपी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।
१ सय २५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो भएको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।
टेक्नोलोजी
यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड हो । जसलाई टिभिएस कनेक्ट मोबाइल एपमार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् ।
पर्फर्मेन्स
यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिनले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेसमोड अथवा स्ट्रिटमोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् ।
रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ ।
स्टाइल
हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ–टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९ सय रहेको छ ।



