काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
मंगलवार अमेरिकी डलरको मूल्य १ को खरिददर १ सय २६ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय २७ रुपैयाँ ५४ पैसा कायम भएको छ । सोमवार डलर १ सय २७ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, यूरोको मूल्य भने आज बढेको छ । सोमवार १ सय २८ रुपैयाँ १६ पैसा रहेको यूरो मंगलवार १ रुपैयाँ २२ पैसाले बढेर १ सय २९ रुपैयाँ ३८ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, मंगलवार पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४८ रुपैयाँ २८ पैसा र बिक्री दर १ सय ४८रुपैयाँ ९८ पैसा रहेको छ । सोमवार पाउण्ड स्टर्लिङ मूल्य १ सय ४७ रुपैयाँ ९२ पैसामा कारोवारमा भएको थियो ।



