images
images

डेढ महिनामा सरकारले ल्यायो १४ अर्ब विदेशी सहयोग 


  • 491
    SHARES
  • २०७९ भाद्र २२ गते बुधबार

    डेढ महिनामा सरकारले ल्यायो १४ अर्ब विदेशी सहयोग 

    काठमाडौं । चालु आर्थिक बर्षको पहिलो डेढ महिनामा सरकारले झण्डै १४ अर्ब रुपैयाँ बराबरको विदेशी सहयोग ल्याएको छ । अर्थ मन्त्रालयका अनुसार यो अवधिमा अनुदान र ऋण समेत गरि सो बराबरको सहयोग प्राप्त गर्ने समझदारी गरिएको हो । 

    प्राप्त सहयोगमध्ये १२ अर्ब ७५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण १ अर्ब ३४ करोड १० लाख रुपैयाँ अनुदान सहयोग रहेको छ । विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि एकमुष्ट सहुलियतपूर्ण ऋण तथा स्वीजरल्याण्ड र जापानबाट अनुदान सहयोग प्राप्त भएको हो । 

    स्वीजरल्याण्डबाट प्राप्त भएको ९९ करोड १० लाख रुपैयाँ बराबरको सहयोग प्राविधिक शिक्षाको विकासको लागि आएको हो भने जापानबाट आएको ३५ करोड रुपैयाँ मावन श्रोत विकासको लागि प्राप्त भएको हो । 

    सरकारले चालु आर्थिक वर्षमा ५५ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य लिएको थियो । डेढ महिनामा प्राप्त अनुदान लक्ष्यको २.४२ प्रतिशत हो । 

    त्यस्तै, वैैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकोमा यो अवधिमा लक्ष्यको ५.२६ प्रतिशत मात्र ऋण प्राप्त भएको छ । विगतदेखि नै सरकारले बजेटमा धेरै लक्ष्य लिने तर यथार्थमा निकै कममात्र उपलब्धि हासिल गर्ने अवस्था छ । पहिलो डेढ महिनाको अवस्था हेर्दा समेत बैदेशिक ऋण र अनुदानमा यस्तै अवस्था देखिएको छ ।  


    images
    images

    Logo