images
images

नोकियाको सी२१ प्लस सार्वजनिक, कति पर्छ मूल्य ?


  • 519
    SHARES
  • २०७९ भाद्र २० गते सोमबार

    नोकियाको सी२१ प्लस सार्वजनिक, कति पर्छ मूल्य ?

    काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र किफायती सी सिरिज अन्तर्गत् नयाँ नोकिया सी २१ प्लस सार्वजनिक गरेको छ। जसको मूल्य १६ हजार ९ सय ९९ तोकिएको छ।  एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइशले उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन सी सिरिज निकालेको जानकारी दिए । 

    उनले भने, ‘एन्ड्रोइड ११ मा १३ मेगापिक्सेल एचडीआर–संचालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा हाम्रा ग्राहकहरूको आवश्यकता अनुसार बनाइएको यो स्मार्टफोन हाम्रा फ्यानहरूलाई उपलब्द गराउन पाउँदा म निकै गर्व महसुस गरिरहेको छु’, उनले भने। 

    आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको मोबाइलमा एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

    स्लिम डिजाइनमा भरपर्दो ब्याट्री

    आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी२१ प्लस छण्छण् mब्ज  ब्याट्री साइजमा समावेश गरिएको छ। यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ।

    बलियो र कडा परीक्षण गरिएको 


    विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको ऋद्दज्ञ प्लस गुणस्तरको सन्दर्भमा तपाई ढुक्क हुन सक्नुहुन्छ। यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि क्ष्एछद्द–मूल्याङ्कन गरिएको छ।

    प्रख्यात सुरक्षा


    स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ। सी–सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ।


    थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्ष्या सुनिश्चित गर्दछ । ३/३२ जीबी स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा यो फोन उपलब्ध छ ।

     


    images
    images

    Logo