काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
शुक्रवार अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ १२ पैसा कायम भएको छ । विहिवार अमेरिकी डलर १ को बिक्रीदर १ सय २८ रुपैयाँ रहेको डलर आज १२ पैसाले बढेर १ सय २८ रुपैयाँ १२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, शुक्रवार यूरोको मूल्य पनि बढेको छ । विहिवार १ यूरोको विक्रीदर १ सय २७ रुपैयाँ ७ पैसा रहेको थियो । आज ९३ पैसाले बढेर १ को खरिददर १ सय २७ रुपैयाँ ४१ पैसा र विक्रिदर १ सय २८ रुपैयाँ कायम भएको छ ।




