काठमाडौं । एनसीसी र कुमारी बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरमा जान निर्देशन दिएको छ । यी दुबै बैंकलाई राष्ट्र बैंकका उच्च अधिकारीले भेटेर छुट्टाछुट्टै छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
यी बैंकलाई राष्ट्र बैंकले आगामी पुसभित्र मर्जरमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पाएसँगै यी दुबै बैंकले जोडी खोजेर मर्जरमा जाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । साथै, सनराइज बैंकलाई पनि राष्ट्र बैंकले मर्जरमा जान ताकेता गरेको छ । सनराइज बैंकले पनि मर्जरमा जानको लागि उपयुक्त जोडी खोजिरहेको जनाएको छ ।
राष्ट्र बैंकको सर्वेक्षणले कुनै पनि मूलुकमा १५ वटा भन्दा बढि वाणिज्य बैंकको आवश्यकता नभएको बताएपछि राष्ट्र बैंकले बैंकहरुलाई जतिसक्दो छिटो मर्जरमा जान निर्देशन दिएको थियो ।
साेही निर्देशन अनुसार यसअघि नबिल र एनबी बैंकले मर्जरमा गएर एकिकृत कारोबार समेत गरिसकेका छन्। साथै अरु केही बैंकहरु मर्जरको प्रकियामा रहेका छन् ।



