काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २६ रुपैयाँ ४७ पैसा र विक्रिदर १ सय २७ रुपैयाँ ७ पैसा रहेको छ ।




