काठमाडौं । तपाइँ विश्वका कुनै शहर घुम्न जाने अवसर पाउनुभयो भने कहाँ जानुहुन्छ ? यो जोकोहीको लागि पनि उत्तर दिन कठिन हुने प्रश्न हो । व्यक्तिको स्वभाव, रुची वा अन्य विभिन्न आधारमा रोजाइ फरक फरक हुनसक्छ ।
तर, विश्वकै चर्चित ट्राभल कम्पनी क्लब मेडले भने विश्वका १० शहरलाई घुम्नको लागि सबैभन्दा उपयुक्त शहरको रुपमा सूचीकरण गरेको छ ।
सर्वाधिक प्याकेज खरिद गरिएका ५० शहरलाई आधार बनाएर सो कम्पनीले गरेको सर्भेक्षणले यस्तो नतिजा देखाएको हो । यो सर्भेक्षणका लागि कम्पनीले मुख्य ९ वटा आधार छनौट थियो । जसमध्ये अपराध, सुरक्षा, जनसंख्या, घरेलु मदिराको मूल्य, बाह्य गतिविधिहरु, दैनिक ट्रिप, स्पा र वेलनेस सेन्टरको अवस्था रहेका छन् । त्यस्तै, यात्रुको समग्र अनुभवलाई दशौं आधार मानेर हेरिएको छ ।
प्रत्येक आधारमा सर्भेक्षणमा सहभागीलाई ० देखि १०० सम्मको अंकको रेटिङ दिन भनिएको थियो । यसमध्ये समग्रतामा इन्डोनेसियाको बाली शहर सबैभन्दा अग्र स्थानमा देखिएको छ । त्यस्तै, कम अपराध हुने शहरमा नेदरल्याण्डको एम्स्टर्डम सबैभन्दा अग्र स्थानमा रहँदा सबैभन्दा सस्तो लोकल मदिरा पाइने शहरमा हंगेरीको बुडापेष्ट पहिलो भएको देखिएको छ ।
यी हुन् घुम्नको लागि उत्कृष्ठ विश्वका १० शहर
१. बाली, इन्डोनेसिया
२. लस भेगास, नेभाडा, अमेरिका
३. न्यू अर्लिन्स, लुइसियाना, अमेरिका
४. वार्सिलोना, स्पेन
५. एम्स्टर्डम, नेदरल्याण्ड
६. बुडापेस्ट, हंगेरी
७. भ्यानकुभर, क्यानडा
८. सान फ्रान्सिस्को, क्यालिफोर्निया, अमेरिका
९. दुबई, संयुक्त अरब इमिरेट्स
१०. रियो दि जेनेरियो, ब्राजिल



