काठमाडौं । एनएमबि बैंकले ५ शाखालाई विशेष शाखाको रुपमा घोषणा गरेको छ । सोमबार आयोजित एक कार्यक्रमबीच प्रदेश नं. १ को टंकिसिनुवारी, मधेश प्रदेशको महोत्तरी, बाग्मती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनी प्रदेशको भलबारी र सुदूरपश्चिम प्रदेशको धनगढी शाखालाई महिलाको नेतृत्व विकाससम्बन्धी विशेष शाखाको रुपमा घोषणा गरिएको हो ।
अब यी शाखाहरुको नेतृत्व महिला कर्मचारीले नै गर्नेछन् । शाखामा कार्यरत सबै कर्मचारीहरु समेत महिला नै हुनेछन् । यो प्रयासले वित्तीय संस्थामा महिलाको नेतृत्वसम्बन्धी महिला कर्मचारीको नेतृत्व विकास र सशक्तीकरणमा थप सहयोग पुग्ने विश्वास बैंकको रहेको छ ।
देशभर २ सय १ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् सञ्चालित एनएमबि बैंकसँग ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । यस्तै, बैंकले ४ पटकसम्म बैंक अफ दि इयर नेपालको उपाधि समेत जितेको छ ।



