images
images

ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट दिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल


  • 533
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट दिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

    काठमाडौं । भैरवास्थित  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।

    सो निर्देशन अनुसार विमानस्थलबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउण्ड ह्याण्डिलिङ शुल्कमा ५० प्रतिशत छुट दिनुपर्ने भएको छ । भैरहवामा पनि ग्राउण्ड ह्याण्डिलिङ सेवाको जिम्मा नेपाल एयरलाइन्सले पाएको छ ।

    नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ मा गौतमबुद्ध र पोखरा विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेशन र सेक्युरिटीलगायत शुल्कमा शतप्रतिशत छुटलाई निरन्तरता दिइदै आएको छ । 

    FadEcaxaAAE-qbK.jpg


    images
    images

    Logo