images
images

नेपाल टेलिकमले ल्यायो एसईई अफर : निःशुल्क डेटा, कल र एसएमएस


  • 699
    SHARES
  • २०७९ श्रावण ११ गते बुधबार

    नेपाल टेलिकमले ल्यायो एसईई अफर : निःशुल्क डेटा, कल र एसएमएस

    काठमाडौं । नेपाल टेलिकमले एसईई उत्तीर्ण विद्यार्थीहरुका लागि एसईई अफर ल्याएको छ । यसअन्तर्गत कम्पनीले निःशुल्क सिम (एसईई स्टुडेन्ट सिम) उपलब्ध गराउने भएको छ ।

    उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुने जनाइएको छ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

    याँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

    सिम लिइसकेपछि विद्यार्थी दर्ता प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

    उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १ सय एमबी डेटा प्रयोग गर्न सकिने छ ।यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डेटा, ३ सय मिनेट टकटाइम र ३ सय  वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

    यो अफर भएको नयाँ सिममा रिचार्ज प्याकमा बोनस समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु। ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।


    यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसवापत यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको मोबाइलबाट स्टार *१६०० # डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । विद्यार्थी दर्ता प्याक र रिर्चाज प्याक बोनसबाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिष्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

    नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् ।

    त्यसैगरी सोही अवधिमा ६० एमबी डेटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर ३ महिनासम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

                


    images
    images

    Logo