images
images

अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न थप ७ ट्राभल्स एजेन्सीले पाए स्वीकृति, कुन कुन कम्पनी थपिए ?


  • 877
    SHARES
  • २०७९ श्रावण २ गते सोमबार

    अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न थप ७ ट्राभल्स एजेन्सीले पाए स्वीकृति, कुन कुन कम्पनी थपिए ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृति दिएको छ । बैंकले सोमबार परिपत्र जारी गर्दै ती ट्राभल एजेन्सीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुको मौजुदा सुचीमा स्वीकृत गराएको हो  ।

    राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियो । दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीतपूर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई राष्ट्र बैंकले खरिद विनियमावली, २०७१ को मौजुदा सूचीमा समावेश गरेको हो । 

    त्यसरी स्वीकृति पाउने ट्राभल एजेन्सीहरुमा सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रिजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुचि ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर्स रहेका छन् ।

     


    images
    images

    Logo