images
images

हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने पक्का


  • 437
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने पक्का

    काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्ने पक्का भएको छ । यी दुइ बैंर्कबीच मर्जरमा जानका लागि यहि साताभित्र सम्झौता हुने भएको छ । मर्जर पश्चात हिमालयनले ८१ प्रतिशत स्वाप रेशियोमा सिभिललाई गाभ्ने सहमति भएको हो।

    यसअघि दुई बैंकबीच स्वाप रेशियोमा कुरा नमिल्दा सहमति हुन सकेको थिएन । तर मंगलबार दुई बैंकका सञ्चालकबीच ८१ प्रतिशत स्वापमा गाभ्नेगरी सहमति भएको छ।

    यस अघि हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने तयारीमा थिए । दुई बैंकविच एक बर्षसम्म पनि मर्जर हुन नसकेपछि उक्त मर्जर भाडिँएको थियो ।  राष्ट्र बैंकका गभर्नरले असारपछि मर्जरमा सहुलियत नदिने संकेत गरेपछि बैंकहरुले असारभित्रै मर्जरमा जानेगरी तयारी गरिरहेका थिए ।  

    यसैबीच हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्नका लागि सञ्चालकहरुबीच सहमति भएको छ। यसका साथै प्रारम्भिक सहमति अनुसार  अब बन्ने बैंकको नाम हिमालयन बैंक रहने भएको छ । 

     


    images
    images

    Logo