images
images

निक्षेप संकलनमा आक्रामक बन्दै वाणिज्य बैंक, एकै सातामा ३४ अर्बले बढ्यो निक्षेप


  • 376
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    निक्षेप संकलनमा आक्रामक बन्दै वाणिज्य बैंक, एकै सातामा ३४ अर्बले बढ्यो निक्षेप

    काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलनमा आक्रामक बन्दै गइरहेका छन् । नेपाल बैंकर्ष संघको विवरण अनुसार असार महिनाको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेको छ । 

    संघका अनुसार असार दोस्रो सातामा ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको निक्षेप तेस्रो सातामा आउँदा ३४ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुले असार महिनाभित्र मात्रै कुल ३८ अर्ब रुपैयाँ संकलन गरेका छन् । पहिलो सातामा ४३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको संघले जनाएको छ । 

    त्यस्तै, निक्षेप संकलनमा बैंकहरु आक्रामक बनेपनि कर्जा लगानीमा भने सुस्ताएको छ । असार महिनाको तेस्रो सातामा कर्जा लगानी २ अर्बले मात्रै बढेको छ । दोस्रो साता ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको कर्जा लगानी तेस्रो सातामा आउँदा २ अर्बले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा पुगेको संघले जनाएको छ । 


    images
    images

    Logo