images
images

६ महिनामा २ लाख ३७ हजार पर्यटक नेपाल आए


  • 777
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    ६ महिनामा  २ लाख ३७ हजार पर्यटक नेपाल आए

    काठमाडौं । सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । 

    सन् २०१९मा ६१ हजार ३ सय ५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८ सय १३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय ८ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

    सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरि २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार पर्यटकले नेपालमा भ्रमण गरेका थिए । यो सङ्ख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन भएको जनाएको छ । सन् २०२२ देखि नेपालमा पर्यटक आगमनमा सुधार हुर्दै आएको देखिन्छ । कोभिड–१९ पछि नेपालमा पर्यटन आगमनदरमा क्रमिक सुधार आएको देखिन्छ । जुनमा भारतबाट २३ हजार २ सय ४८, अमेरिकाबाट ८ हजार ३ सय ५१, बङ्गलादेशबाट दुई हजार ५९, बेलायतबाट, २ हजार, अष्ट्रेलियाबाट १ हजार ४ सय जनाले नेपाल भ्रमण गरेका छन् । 

    जुनमा सार्कबाट २६ हजार, आसियानबाट, २ हजार ३ सय, युरोपबाट ४ हजार ७ सय, अमेरिकन रिजनबाट ८ हजार ९ सय पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

     


    images
    images

    Logo