एकैचोटि सशस्त्रका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवाका लागि सिफारिस
812
SHARES
२०७९ आषाढ १७ गते शुक्रबार
काठमाडौं । सशस्त्र प्रहरीका एकैचोटि ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवा सिफारिस गरिएको हो।