images
images

निजगढमा विमानस्थल बनाउनका लागि सर्वोच्चले दियो आदेश (पूर्णपाठसहित)


  • 663
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    निजगढमा विमानस्थल बनाउनका लागि सर्वोच्चले दियो आदेश (पूर्णपाठसहित)

    काठमाडौं । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउनका लागि अनुमति दिएको छ । बुधबार सर्वोच्चले विमानस्थल निर्माणका लागि पुनः सम्भाव्यता अध्ययन गरेर योजना बनाउन सरकारलाई निर्देशन दिएको हो ।

    विमानस्थल निर्माण गर्दा पर्यावरणमा न्युनतम मात्रै क्षति हुने गरी आवश्यकभन्दा बढी रुख नकाट्न र क्षेत्र प्रयोग नगर्न पनि निर्देशन दिएको छ । 

    यस अघि जेठ १२ गते सर्वोच्च अदालतले सो विमानस्थल नबनाउन परमादेश जारी गरेको थियो । साथै  विमानस्थल निर्माणसम्बन्धी सबै निर्णय बदर गर्न समेत सरकारलाई आदेश दिएको थियो।

    सर्वोच्च अदालतले बुधबार जारी गरेको लिखित आदेशमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ। अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाएका छैनन्। 

    बहुमतको राय दिने न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा र प्रकाशमान सिंह राउत रहेका छन्।

    यस्ताे छ सर्वोच्चको फैसलाको पूर्णपाठ


    images
    images

    Logo