काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले यो रकम देशभर निर्माण हुने सडक यातायातको पूर्वाधार निर्माणमा खर्च गर्नेछ ।
त्यसरी सरकारले सुनकोशी मरिन ड्राइभर्सनको लागि २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । पुष्पलाल राजमार्गको निर्माण गर्न ८ अर्ब १३ करोड विनियोजन गरेको अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।