काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेको घोषणा गरेको रवी लामिछानेले कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा उनले यस्तो बताएका हुन् ।
म अहिलेसम्म दर्ता भएका कुनै पनि पार्टीमा प्रवेश गर्दिँन, त्यहाँ राम्रा मान्छे नभएका होइनन् तर उनीहरुले पार्टी नेतृत्वबारे प्रश्न गर्न सकेनन् । त्यसैले म आफैं पार्टी बनाएर राम्रा मान्छेलाई संगठित गर्छु ।
उनले आजै राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ दल घोषणा गरेका छन् ।