जग्गा धितो राख्न नपाउने व्यवस्थालाई सर्वोच्चको रोक
533
SHARES
२०७९ आषाढ ६ गते सोमबार
काठमाडौं । सर्वोच्च अदालतले जग्गा धितो राख्न नपाउने व्यवस्थालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। अदालतले जग्गाको वर्गीकरण नभएसम्म धितोका लागि रोक्का नराख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सो आदेश जारी गरेको हो ।
मन्त्रालयले जेठ २७ गते मन्त्री स्तरिय निर्णयबाट बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो पारित हुनका लागि खेतीयोग्य जग्गा र गैर कृषिक्षेत्रको जग्गा भनी जग्गाको वर्गीकरण गरेपछि मात्र धितो पारित गर्ने निर्णय गरेको थियो। साथैवर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतले सो निर्णय गरेको हाे।