काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनावमा जुन पार्टीले जिते पनि आफैंले जितेजस्तो लाग्ने गरेको बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचन कसले जित्यो कसले हार्यो भन्ने कुरा आफ्नो मन नरहेको बताएका हुन् ।
‘काँग्रेसले जिते पनि मैले जितेजस्तो लाग्छ, एमालेले जिते पनि मैले जितेको लाग्छ । समाजवादीले जितेपनि मैले जितेजस्तो लाग्छ । यो मेरो बुद्धि बिग्रिएको हो कि ? किनकी संविधान संस्थागत हुने प्रक्रियामा दह्रोसँग स्थानीय तह बने । अब कसैले पनि भत्काउन सक्दैनन् । कसैले यसलाई प्रतिगमनतर्फ लैजान सक्दैन त्यसअर्थमा । स्थानीय तहको चुनाव भयो । चुनाव हुन्न भन्ने थियो ।’
उनले प्रदेश र संघको निर्वाचनमा समेत अहिलेको गठबन्धन कायम रहने बताए ।