images
images

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता


  • 396
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

    काठमाडौं। ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरमा जाने सम्झौता भएको छ ।  बिहीबार बिहान दुई बैंकबीच यस्तो सम्झौता भएको हो । 

    सम्झौता अनुसार ग्लोबल आईएमई बैंकको १ कित्ता बराबर बैंक अफ काठमाण्डूको १ कित्ता शेयर रहनेगरी दुई बैंकबीच मर्जरमा सहमति भएको हो । सम्झौतापत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    नयाँ बैंकको नाम ग्लोबल आर्ईएमई बीओके बैंक हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। बीओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन्। 


    images
    images

    Logo