images
images

सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट


  • 344
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    सुदूरपश्चिम सरकारले ल्यायो ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट

    धनगढी । सुदूरपश्चिम प्रदेशले ३६ अर्ब ७४ करोड रुपैयाँ बजेट ल्याएको छ । प्रदेशसभा बैठकमा आर्थिक योजनामन्त्री प्रकाश रावलले उक्त बजेट प्रस्तुत गरेका हुन् । सो बजेटमध्ये चालुतर्फ १२ अर्ब २९ करोड रुपैयाँ, पुँजीगत तर्फ २४ अर्ब १४ करोड छुट्याइएको छ ।

    यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख वित्तीय व्यवस्थातर्फ ३० करोड विनियोजन गरिएको छ । 

    सो बजेटको स्रोततर्फ आन्तरिक राजश्व परिचालनबाट २ अर्ब रुपैयाँ, राजश्व बाँडफाँटबापत ९ अर्ब ६० करोड ५१ लाख, रोयल्टीबाट ४ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएको छ । 

    त्यस्तै, संघीय सरकारको वित्तीय समानिकरणबापत ९ अर्ब ७५ लाख, चालु वर्षको बचतबापत ७ अर्ब ५३ करोड ३७ लाख, सशर्त अनुदानबापत ६ अर्ब ९८ करोड ८० लाख, समपूरक अनुदानबापत ७६ करोड ५० लाख र विशेष अनुदानबापत ७९ करोड ७८ लाख प्राप्त हुने अनुमान गरिएको छ । 


    images
    images

    Logo