images
images

गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट


  • 337
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    गण्डकी प्रदेशले ल्यायो ३५ अर्ब ९० करोड ९० लाखको बजेट

    पोखरा । गण्डकी प्रदेशले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ले उक्त बजेट प्रस्तुत गरेका हुन् । 
    उक्त बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब २६ करोड ८८ लाख, पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड खर्चको अनुमान गरिएको छ । वित्तीय हस्तान्तरणबापत स्थानीय तहलाई २ अर्ब ११ करोड १० लाख हस्तान्तरण गर्ने जनाइएको छ ।

    स्रोततर्फ संघीय सरकारको समानिकरण अनुदानको ७ अर्ब ९९ करोड ७९ लाख,  राजश्व बाँडफाँटबापत ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदानतर्फ ८६ करोड ७० लाख तथा विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

    आगामी वर्ष गण्डकी प्रदेशले ५ अर्ब ९ करोड १६ लाख रुपैयाँ बराबरको आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, रोयल्टीबापत ३२ करोड ५० लाख संकलन हुने अनुमान गरिएको छ । 


    images
    images

    Logo