images
images

२७ वटै सीईओलाई बोलाएर राष्ट्र बैंकले दियो यस्तो निर्देशन


  • 1.6K
    SHARES
  • २०७९ जेठ ३१ गते मंगलबार

    २७ वटै सीईओलाई बोलाएर राष्ट्र बैंकले दियो यस्तो निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर कडा निर्देशन दिएको छ। केन्द्रीय बैंकले २७ वटै बैंकका सीईओहरुलाई समसायिक विषयमा छलफल गर्ने भन्दै मंगलवार राष्ट्र बैंकमा बोलाएको थियो।  

    सो छलफलमा राष्ट्र बैंकका डेपुटी गनर्भर निलम ढुङ्गाना तिमिल्सिना र बम बहादुर मिश्रसँगै राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, गुणाकर भट्ट, रामु पौडेल, गुरु पौडेल लगायतको सहभागिताल  रहेको थियो । 

    राष्ट्र बैंकले सबै सीईओहरुलाई असार मसान्तसम्म सिडी रेसियोको सीमा जसरीपनि ९० प्रतिशतमा  झार्न निर्देशन दिएको छ । साथै बैंकहरुलाई नियम विपरित कर्जाको ब्याजदर नबढाउनका लागि पनि राष्ट्र बैंकले कडा निर्देशन दिएको छ ।

    सो छलफलमा बैंकहरुले एक– एक गल्ति गरेको भन्दै ती गलत कार्यहरु तत्काल सच्याउन राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकले नाफा देखाउने गरेर मात्र ब्यालेन्ससिट नबनाउन पनि  भनेको छ । त्यस्तै, राष्ट्र बैंकले स्थानीय तहको पैसा निक्षेपको रुपमा देखाउन पाइने व्यवस्था असारसम्मको लागि मात्र लागू हुने हुँदा सो अनुसारको व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।

    साथै राष्ट्र बैंकले ग्राहकलाई कर्जाको ब्याजदरमा अनावश्यक शुल्क नथप्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सेवा शुल्कदेखि विभिन्न विषयमा निर्देशन लगाएपनि बैंकहरुले कर्जाको ब्याजदर बढाउने काम गरिरहेका छन् । राष्ट्र बैंकले साउनदेखि नियमनमा अझै कडाइ गर्ने समेत चेतावनी दिएको छ ।

      


    images
    images

    Logo