भक्तपुर । जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखसहित सबैजना गोलाप्रथाबाट छानिएका छन् । आज भएको निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख र सदस्यको चयन गरिएको हो ।
भक्तपुरका ४ नगरपालिकामा निर्वाचित मेयर र उपमेयर ८ जनामध्ये २ मेयरमा काँग्रेस, एक मेयर र दुई उप मेयरमा एमाले र एक मेर र एक उप मेयरमा नेपाल मजदूर किसान पार्टीले जितेको थियो । त्यस्तै नेकपा माओवादीले एक उप मेयरमा जित हात पारेकाे थियोे । तीनवटै दलले आफ्नै उम्मेदवार उठाएका थिए । कांग्रेस उमेदवारलाई माओवादीकाे साथ रहेका कारण एमाले र काँग्रेसका सबै उम्मेदवारले ३÷३ मत पाएका थिए ।
मत बराबर भएपछि गोलाप्रथा गर्दा जिसस प्रमुखसहित ५ जना एमालेबाट र उपप्रमुखसहित २ जना काँग्रेसबाट निर्वाचित भएका छन् । यसरी निर्वाचित हुनेमा प्रमुख पदमा एमालेका ईश्वर थापा र उप प्रमुखमा काङ्ग्रेसकी सुजाता बाडे निर्वाचित भएका छन्।
सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर जितेका हुन् । काङ्ग्रेस १ सदस्यमा बिनु केसीले जित हासिल गरेकी छिन् ।



