काठमाडौं । मानसिक सन्तुलन गुमाएको एक व्यक्तिका कारण त्रिशुली थ्रिएको उत्पादन ६ घण्टादेखि बन्द भएको छ । सो व्यक्ति प्रसारण लाइनमा चढेपछि उक्त आयोजनाको उत्पादन बन्द गरिएको हो ।
नुवाकोट बेलकोटगढीका माइला विक परिवारसँग झगडा गरेर बिहान ११ः३० बजे प्रसारण लाइनमा चढेका थिए । सो व्यक्ति चढेको तारमा विद्युत् सप्लाई नभए पनि सावधानीका लागि विद्युत् उत्पादन बन्द गरिएको त्रिशुली थ्रिए आयोजनाका प्रमुख सुरेश राउतले जानकारी दिए ।
‘ती व्यक्ति तारमा चढेपछि स्थानीयले आत्तिएर फोन गर्नुभयो । हामीले पनि आवश्यक समन्वय गरेर विद्युत् उत्पादन बन्द गर्यौं,’ राउतले भने, ‘ती व्यक्ति चढेको तारमा विद्युत् सप्लाई भएको थिएन । सावधानीका लागि सबै उत्पादन र प्रसारण बन्द गरेका हौं । अपर त्रिशुली थ्रिए ले अहिले ६० मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्दै आएको छ । यो राेकिँदा प्राधिकरणले भारतबाट बिजुली माग गर्नुपर्ने अवस्था छ ।



