images
images

डलर हालसम्मकै महँगो, एक डलर किन्न १२४.६८ पैसा तिर्नुपर्ने


  • 414
    SHARES
  • २०७९ जेठ २६ गते बिहीबार

    डलर हालसम्मकै महँगो, एक डलर किन्न १२४.६८ पैसा तिर्नुपर्ने

    काठमाडौं । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । बिहीबारका नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २४ रुपैयाँ ६८ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २४ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २४ रुपैयाँ ६८ पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

     यसअघि गत जेठ ६ गते डलर मूल्य १ सय २४ पैसा ६७ रुपैयाँ पुगेर नयाँ मूल्य कायम गरेको थियो । त्यसपछि घटबढ हुने क्रममा करिब ३ सातापछि डलरको मूल्यले आज नयाँ रेकर्ड राख्दै उच्च मूल्य कायम गरेको हो । 

    रुस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र झनै बलियो हुँदै गइरहेको छ ।  रुस–युक्रेन युद्धका कारणले पनि अमेरिकी डलर महङ्गो बन्दै गएको हो । १ डलरबराबर ७७ रुपैयाँ ७८ भारु पुगेको छ ।नेपाली रुपैयाँ र भमरतीय रुपैयाँ बीच स्थिर विनिमय दर रहेको छ ।  यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि घटबढ हुने गर्दछ ।


    images
    images

    Logo