images
images

गण्डकीको नीति तथा कार्यक्रम : हनिमुन टुरिजमदेखि कोदोको रक्सी ब्राण्डिङसम्म


  • 358
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    गण्डकीको नीति तथा कार्यक्रम : हनिमुन टुरिजमदेखि कोदोको रक्सी ब्राण्डिङसम्म

    काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख वृथ्वीमान गुरुङले प्रदेश सभाको बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    ६३ पृष्ठ र २८६ बुँदामा समेटिएको उक्त नीति तथा कार्यक्रममा सबै प्रकारका विषयलाई समेट्ने प्रयास गरिएको छ । तर, स्रोतको सीमाका कारण ठूला र रणनीतिक महत्वका पूर्वाधारहरु प्रस्ताव गरिएका छैनन् । 

    gandaki province policy and programme  (6).jpg

    कार्यक्रममा पोखरामा निर्माणधिन अन्तराष्ट्रिय विमानस्थलदेखि फेवा तालसम्म द्रुतमार्ग निर्माण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, देवघाट, गण्डकी, त्रिवेणी मनकामना लगायत क्षेत्रको एकीकृत विकासका लागि अन्य प्रदेशसँग सहकार्य गरेर अघि बढ्ने विषय उल्लेख गरिएको छ । 

    कार्यक्रममा पोखरालाई हनिमुन टुरिजमको केन्द्र बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै, कोदोको लोकल रक्सीलाई ब्राण्डिङ गर्ने प्रस्ताव समेत कार्यक्रममा गरिएको छ । प्रदेशभित्रका सिँचाइ आयोजनाको विद्युत् महशुलमा ७५ प्रतिशत अनुदान दिने उल्लेख गरिएको छ । 

    gandaki province policy and programme  (4).jpg

    कोरला त्रिवेणी सडक अन्तर्गत दुम्कीवासदेखि त्रिवेणीसम्म चितवन राष्ट्रिय निकुञ्ज खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय समेत कार्यक्रममा समेटिएको छ ।  


    images
    images

    Logo