images
images

यस्ता छन् सोमबारको मन्त्रिपरिषद्का २२ निर्णय


  • 332
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    यस्ता छन् सोमबारको मन्त्रिपरिषद्का २२ निर्णय

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न २२ निर्णयहरु गरेको छ । सोमबार बसेको बैठकले विभिन्न ९ वटा मन्त्रालयको प्रस्तावमा उक्त निर्णयहरु गरेको हो । 

    बैठकले नेपालको हरित, उत्थानशील र समावेशी विकासको लागि विश्व बैंकबाट १२ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने, व्यापार तथा निकासी केन्द्रको कार्यकारी निर्देशकमा शरविक्रम राणालाई नियुत्तिः गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, सामाजिक सुरक्षा ऐन संशोधनलाई समेत संसदमा पेश गर्न स्वीकृति दिइएको छ । गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकारीको बढुवा गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ । 

    औषधि ऐन संशोधज गर्न विधेयक पेश गर्न समेत मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । त्यस्तै, मनव अंग प्रत्यारोपण विकास समिति गठन (तेस्रो संशोधन) आदेश समेत स्वीकृत गरिएको छ । 

    बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलको वर्खास्ती र आइतबार दिँदै आएको विदा खारेजीको निर्णय समेत गरेको छ । 


    images
    images

    Logo