काठमाडौं । व्यापार तथा निकासी केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणा पुनः नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राणालाई कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो ।
उनी यसअघि पनि केन्द्रका कार्यकारी निर्देशक थिए । २०७४ सालमा कार्यकारी निर्देशक नियुक्त भएका उनको कार्यकाल सकिएसँगै सो पद रिक्त थियो । सो पदमा अहिले राणालाई नै नियुक्त गरिएको हो ।