images
images

धरानको कार्यपालिका बैठकमा मेयर सम्पाङ र वडाध्यक्षबीच लफडा


  • 602
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    धरानको कार्यपालिका बैठकमा मेयर सम्पाङ र वडाध्यक्षबीच लफडा

    काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा लफडा भएको छ । सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकमा मेयर हर्क साम्पाङ र वडाध्यक्षबीच लफडा भएको हो । 

    कार्यपालिका बैठकमा नगर क्षेत्रभित्र रहेका नदी तथा खोलामा गिटी बालुवा उत्खनन्को विषय उठेको थियो । मेयर साम्पाङ नदीजन्य सामाग्रीको उत्खनन् तत्काल रोक्ने पक्षमा थिए । वडाध्यक्षहरु भने उत्खनन्लाई निरन्तरता दिने पक्षमा थिए । 

    साम्पाङले नदीजन्य पदार्थ उत्खखन् गर्दा बाढी पहिरो आउने र यसले राजश्व समेत खासै नआउने भएकोले अब उत्खनन्को काम रोक्नुपर्ने बताएका थिए । मेयर साम्पाङले गिटी तथा बालुवा उत्खनन्बाट कति राजश्व आएको रेकर्ड दिन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिए । 

    उत्खनन् रोक्ने भनेपछि वडाध्यक्षहरुले सो क्षेत्रमा काम गर्ने मजदूरको रोजगारी के हुन्छ भन्दै मेयरलाई प्रश्न सोधेका थिए । त्यस्तै, उत्खनन् रोके बराहक्षेत्र, इटहरीबाट ढुंगागिटी आयात हुने बताएका थिए । उनले आफू मात्रै धरानको संरक्षण गर्न आएको र अरु धरानको दोहन गर्न मात्रै आएको भन्ने नसोच्न मेयर साम्पाङलाई चेतावनी दिए ।

    जवाफमा साम्पाङले मजदूरहरुलाई बैकल्पिक रोजगारीको व्यवस्था गर्ने र धरानभित्र आवश्यक ढुंगागिटी उत्खनन् गर्ने तर ठेक्का नै लगाएर दिन नसकिने बताए ।


    images
    images

    Logo