काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समिति खारेज गरिने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।
त्यस्तै, ग्रामीण क्षेत्रको खानेपानीका लागि स्थापित ग्रामीण खानेपानी तथा सरसफाई कोषलाई समेत खारेज गरिएको छ । यी संस्थाले गर्ने कामहरु खानेपानी तथा सरसफाई व्यवस्थापन विभागले हेर्नेगरी व्यवस्था मिलाएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।