images
images

हानले माग्यो बजेटमा २ वर्षसम्म ब्याज स्थगनको विशेष व्यवस्था


  • 585
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    हानले माग्यो बजेटमा २ वर्षसम्म ब्याज स्थगनको विशेष व्यवस्था

    काठमाडौं । नेपाल होटल संघ( हान) ले बजेटमा आफूहरूले २ वर्षसम्म ब्याज स्थगनको विशेष माग राखेको छ । कोभिड–१९ को महामारीबाट अति प्रभावित होटल उद्योगहरूको सहायता स्वरुप ब्याज घटाउने, पुनरकर्जा र पुर्नतालिकीकरण समेतलाई निरन्तरता दिन केन्द्रीय बैकले घोषणा गरेको विशेष पुनरकर्जा अझ प्रभावकारी बनाइ थप ३ वर्षसम्मको लागि निरन्तरता गरिनुपर्ने माग गरेका छन् । 

    साथै होटलहरुको लगानीको आकार हेरी पुनरकर्जाको सीमा बढाएर दायरा फराकिलो पारिनु पर्ने माग पनि हानले राखेको छ । होटल व्यवसायीको कर्जालाई बिना ब्याजमा पुँजीकरण गरिने व्यवस्था गर्ने र होटलहरुको संरक्षणको लागि होटल सञ्चालन खर्च बढीमा पाँच प्रतिशत ब्याजमा प्राप्त गर्ने गरी उपलब्ध गराइनु पर्ने माग उनीहरूको छ । 

    अन्य सहुलियत कर्जा उपभोग गर्ने ऋणीहरुको लागि समेत यो व्यवस्था लागू गर्दै विषम परिस्थितिमा समय सीमा बढाउदै सहजता प्रदान गर्नु पर्ने सुझाव दिइएको छ ।  । साना तथा मझौला होटलहरुको हकमा प्रायःजसो होटलहरु भाडामा रहने हुँदा धितो अभाव भई सहुलियत उपभोग गर्न नपाइरहेको अवस्थामा लगानीलाई आधार मानी पुनकर्जा तथा अन्य कर्जा सहज रुपमा उपलब्ध गराइनुपर्ने ।

    विद्युत महसुल तथा शुल्क, आर्थिक दायित्व स्थगन सम्बन्धमा पनि होटल संघले माग राखेको छ । होटल क्षेत्रका लागि आगामी २ वर्षको लागी विद्युत महशुलमा ५० प्रतिशत छुटको व्यवस्थाका साथै कम्तिमा २ वर्षका लागि डिमाण्ड शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिनु पर्ने माग हानले राखेको छ । 


    images
    images

    Logo