images
images

 सरकारले सरकारी  कर्मचारीको तलब बढाउने तयारी


  • 1.3K
    SHARES
  • २०७९ जेठ ९ गते सोमबार

     सरकारले सरकारी  कर्मचारीको तलब बढाउने तयारी

    काठमाडौं ।  सरकारले  सरकारी  कर्मचारीको  तलब  बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ  मन्त्रालयका  अनुसार  आगामी  आर्थिक  वर्ष  २०७९/८०  को  बजेटमार्फत  कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ ।  पछिल्लो समय महँगी निकै बढेको र यसअघि पनि कर्मचारीका लागि पर्याप्त तलब नबढेका कारण मन्त्रालयले कर्मचारीको तलब बढाउन  लागेको  हो  । 

     मन्त्रालयका  अनुसार  दुई हजार रुपियाँ नघट्ने गरी तलब बढाउने तयारी छ । निजामती कर्मचारी सम्बद्ध टे«ड युनियनले भने  अर्थमन्त्री  जनार्दन  शर्मालाई  भेटेर  पाँच  हजार रुपियाँसम्म तलब बढाउन आग्रह गरेका थिए । तलब बढाउने सम्बन्धमा टे«ड युनियनको सुझावलाई स्वीकार गर्दै अर्थमन्त्रीले खर्चले धान्ने  गरी  तलब  बढाउने  प्रतिक्रिया  दिएको  मन्त्रालयले जनाएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले  तलब  बढाउनुपर्ने  माग  कर्मचारीको  छ । भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने  हुँदा  तलब  बढाउने  सम्बन्धित  क्षेत्रका  जानकार बताउँछन् ।

    नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार सबै उपभोग्य वस्तुको महँगी उच्च दरमा वृद्धि भएकाले  तलब  बढाउनुपर्ने  माग  कर्मचारीको  छ । भर्खर स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी मङ्सिर वा त्यसपछि कुनै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि हुने  हुँदा  तलब  बढाउने  सम्बन्धित  क्षेत्रका  जानकार बताउँछन् । 

    आगामी आर्थिक वर्षमा पनि तलब बढेमा कर्मचारीले लगातार दुई वर्ष नै बढेको तलब पाउने छन् । चालू आर्थिक वर्ष २०७८÷७९ मा पनि सरकारले सबै तहका कर्मचारीको तलब दुई हजार रुपियाँले बढाएको थियो । यसअघि निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत सार्वजनिक गर्नुभएको चालू  आवको  बजेटमा  सबै  राष्ट्रसेवकको  तलबमान मासिक दुई हजार रुपियाँले बढाउने उल्लेख थियो । 

    वर्तमान सरकारले प्रतिस्थापन बजेट ल्याए पनि कर्मचारीको तलब वृद्धिलाई भने निरन्तरता नै दिएको थियो । त्यसअघि  तत्कालीन  अर्थमन्त्री  डा.  युवराज  खतिवडाले  आव  २०७६÷७७  को  बजेटमार्फत   कर्मचारीको   तलब   बढाउने   घोषणा गर्नुभएको थियो । जसअनुसार राजपत्र अनङ्कित  श्रेणीका  कर्मचारीको  २०  प्रतिशत  र  राजपत्राङ्कित  श्रेणीका  कर्मचारीको  १८  प्रतिशतले तलब बढेको थियो । 

    सरकारले   बजेटमार्फत   राष्ट्रसेवक   कर्मचारीको तलब बढाउने उल्लेख गरे पनि त्यसको लाभ सरकार मातहतका सबै निकाय, संस्थान, समिति र आयोगका कर्मचारीले समेत पाउने छन् । चालू    आवमा    मात्रै    निजामती    कर्मचारीका  लागि  पारिश्रमिकबापत १ खर्ब १ अर्ब रुपियाँ खर्च हुँदैछ । यसमा भत्ता  जोडिएको  छैन  ।  यसबाहेक  सरकार  मातहतका  अन्य  निकायका  कर्मचारीको  तलबबापत पनि सरकारको अर्बौं रकम खर्च हुन्छ । सेना, प्रहरी, सशस्त्र प्रहरीसहित पाँच लाखभन्दा बढी कर्मचारीले सरकारी तलब भत्ता लिने गर्छन् ।


    images
    images

    Logo