images
images

निर्वाचन आयोगविरुद्ध आन्दोलन गर्ने उदयपुर काँग्रेसको चेतावनी


  • 758
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    निर्वाचन आयोगविरुद्ध आन्दोलन गर्ने उदयपुर काँग्रेसको चेतावनी

    काठमाडौं । नेपाली काँग्रेस उदयपुरले निर्वाचन आयोग विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको मतगणनासम्बन्धी निर्णय लिन ढिलाइ गरेको भन्दै काँग्रेसले त्यस्तो चेतावनी दिएको हो । 

    बैशाख ३० गते निर्वाचनको क्रममा त्रियुगा–१२ स्थित एउटा मतदान केन्द्रमा विवाद भएपछि मतदान स्थगित भएको थियो । ५० प्रतिशत भन्दा बढी मत खसिसकेपछि स्थगित भएको उक्त स्थानबारे निर्णय नलिँदा अहिलेसम्म त्यहाँ मतगणना सुरु समेत हुन सकेको छैन । 

    घटनाको विषयलाई लिएर जिल्लाको मुख्य मतदान अधिकृतले राजीनामा दिएपछि अहिलेसम्म त्यहाँ मतदानबारे निर्णय हुन नसकेको हो । झण्डै ३१०० जना मतदाता रहेका उक्त केन्द्रमा १७१४ जनाले मतदान गरिसकेपछि विवाद सुरु भएको थियो । सोही कारण मतदान स्थगित गरिएको थियो । 

    काँग्रेसले बिहीबार विज्ञप्ती जारी गर्दै पुनः मतदान गर्ने वा मतगणना गर्ने भन्ने विषयमा आयोगले कुनै निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण र शंकास्पद भएको जनाएको छ । यसबारे तत्काल कुनै निर्णय नलिए काँग्रेस आन्दोलनमा जाने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार आयोग हुने समेत सभापति हिमाल कार्कीद्वारा जारी विज्ञप्तीमार्फत् चेतावनी दिएको छ ।


    images
    images

    Logo