images
images

चाँगुनारायणका दुई वडामा काँग्रेस उम्मेदवार विजयी


  • 488
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    चाँगुनारायणका दुई वडामा काँग्रेस उम्मेदवार विजयी

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका दुई वडामा नेपाली काँग्रेस रका उमेदवार बिजयी भएका छन् । नगरपालिकाको १ र २ नं। वडामा काँग्रेसले जित हात पारेको हो ।

    वडा नं। २ को वडा अध्यक्षमा सोम प्रधान विजयी भएका छन् । प्रधानले १०५२ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी ले १०२० मत पाए । सो वडामा दुई सदस्य काँग्रेसले जितेको छ भने दुई जना एमालेको पोल्टामा परेको छ । २०७४ को निर्वाचनमा सो वडामा अध्यक्ष सहित तीन सदस्य कांग्रेसले  जितेको थियो ।

    त्यसैगरी वडा नं. १ को वडा अध्यक्षमा काँग्रेसका सिजन कार्की विजयी भएका हुन् । कार्कीले १२२५ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इश्वर थापाले  १२१३ मत पाए ।

    यसअघि घोषणा भएका भक्तपुरको मध्यपुर थिमिका दुई वडा अध्यक्ष काँग्रेसले जितेको छ भने सुर्यविनायकको एउटा वडामा एमाले विजयी भएको छ ।


    images
    images

    Logo