images
images

सातामा दुई दिन बिदाबारे त्रिभुवन विश्वविद्यालय अझै अन्योलमा


  • 474
    SHARES
  • २०७९ बैशाख २९ गते बिहीबार

    सातामा दुई दिन बिदाबारे त्रिभुवन विश्वविद्यालय अझै अन्योलमा

    काठमाडौं । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालयले अझै निर्णय लिन सकेको छैन । त्रिवीले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ।

    तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ ।”

    पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढि रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने रकम पनि कटौती हुने सरकारी विश्वास छ । दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ः३० मा खुले र बेलुका ५ः३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ  ।


    images
    images

    Logo