images
images

कृषि विकास बैंकमा अब प्रिपेड डलर कार्डको सेवा सुरु


  • 609
    SHARES
  • २०७९ बैशाख २२ गते बिहीबार

    कृषि विकास बैंकमा अब  प्रिपेड डलर कार्डको सेवा सुरु

    काठमाडाैं । कृषि विकास बैंकले युएसडी प्रिपेड डलर कार्डको सेवा सुरु गरेको छ । बैंकले वैशाख १५ गतेदेखि साे सेवा सुरु गरेको हो । 

    उक्त सेवाबाट विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्सको माध्यमबाट अनलाइन सपिङ तथा बिल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने  छ । 

    उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी,  यज्ञप्रकाश न्यौपाने,  धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु क्रमशः  अजय कुमार रिमाल, हिमलाल पौडेल, सरोज कुमार साह,  टंक पोखरेल त्यसैगरी डिजिटल बैकिंग विभागका बरिष्ठ शाखा प्रमुख भोला नेपाल,  प्रज्वल भट्टराई, भुमिराज न्यौपाने, कोमल सिटौला तथा  संगिता श्रेष्ठ तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । 

    उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृतले यस बैकको युएसडी प्रिपेड डलर कार्ड लिने पहिलो ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरण गरे ।

     


    images
    images

    Logo