images
images

सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न


  • 591
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेशनम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । 

    तल्लो चिरखुवा चिरखुवा हाइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्व मोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुपरहेका छन् भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युतउत्पादन गर्ने क्रममा रहेको छ । 

    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १ सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र १ सय १३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 


    images
    images

    Logo