images
images

शिखर इन्स्योरेन्सले लगानीकर्तालाई सोध्यो : शेयर परिवर्तन गर्ने कि नगर्ने ? 


  • 510
    SHARES
  • २०७८ जेठ ९ गते आइतबार

    शिखर इन्स्योरेन्सले लगानीकर्तालाई सोध्यो : शेयर परिवर्तन गर्ने कि नगर्ने ? 

    काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्ना संस्थापक शेयरधनीलाई शेयर रुपमान्तरण गर्ने वा नगर्ने विकल्प रोज्न आह्वान गरेको छ ।

    कम्पनीले यसअघि ६० प्रतिशत रहेको रहेको संस्थापक शेयरको हिस्सालाई घटाएर ५१ प्रतिशतमा झार्न नियामकीय स्वीकृति पाइसकेको भन्दै संस्थापक शेयरधनीलाई संस्थापक शेयरमै कायम रहने कि साधारण शेयरमा रुपान्तरण हुने निक्र्यौल गर्न ३५ दिनको समय दिएको छ । 

    उक्त समय भित्रमा हाल संस्थापक शेयर कायम रहेका शेयरधनीले आफूले साधारण शेयरमा रुपान्तरण गर्न चाहेमा शिखर इन्स्योरेन्सको कार्यालयमा निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिने शेयरधनीको शेयर समानुपातिक आधारमा रुपान्तरण हुनेछ । 


    images
    images

    Logo