images
images

बैंक अफ काठमाण्डूका ग्राहकलाई नयाँ वर्षको अफर, दराज र सस्तोडिलबाट खरिद गर्दा २० प्रतिशत छुट


  • 562
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    बैंक अफ काठमाण्डूका ग्राहकलाई नयाँ वर्षको अफर, दराज र सस्तोडिलबाट खरिद गर्दा २० प्रतिशत छुट

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्रहाकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहाकहरुलेले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत सम्मको छुटको सुबिधा उपयोग गर्नसक्नेछन । 

    बैंकको कार्डबाहक महानुभावहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमामा १५ प्रतिशत वा अधिकतम  १ हजार ५ सय र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम १ हजारसम्म छुटको पाउनेछन् ।

    साथै, कार्डबाहक महानुभावहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमाा २० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट पाउनेछन् । 

    यस नयाँ वर्षको योजनामा बैंकको कार्ड भएका ग्राहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।   


    images
    images

    Logo