images
images

दुई ठाउँमा बन्दै गरेको पुल भत्कियो, ८ जना घाइते


  • 638
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    दुई ठाउँमा बन्दै गरेको पुल भत्कियो, ८ जना घाइते

    काठमाडौं । दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध भएको छ।

    त्यस्तै सिन्धुली सदरमुकाम हुँदै बग्ने ग्वाङ खोलामा गए राति आएको बाढीले पक्की पुल ढलानका लागि तयार पारिएको संरचना बगाएको  छ। स्याङ्जा समाचारदाता अर्जुन काफ्लेका अनुसार, क्रेनको सहायताले फलामे बिम उठाउने क्रममा बिमसहित कामदार भुइँमा खसेका थिए । सो घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, चापाकोट नगरपालिका ८ कालीगण्डकी नदीमा सो घटना भएको हो । सो पुलले दामाचौर र पाल्पाको रामपुरवासीलाई जोड्ने  गरी निर्माण हुँदै गरेको हो । घटनामा बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बिहारका २५ वर्षीय धनन्जय ठाकुर गम्भीर घाइते भएका छन् । 

    छाती र टाउकोमा गम्भीर चोट लागेका दुवै जनाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अन्य घाइतेमा रौतहटका प्रेम धन पटेल, हरिहरपुरका जितेन्द्र पटेल, भारतका सुजित कुमार यादव, रघुनाथ राव, अनुप कुमार राव र गोरखाका सिर्जन परियार रहेका छन् । 


    images
    images

    Logo