कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वसाधारण समुहतर्फकाे १ लाख २० हजार कित्ता भन्दा बढी शेयरको लिलामी खुल्ने भएको छ । उक्त कम्पनीले चैत १६ गतेदेखि शेयरको लिलामी खोल्ने भएको हो ।
बैंकलेले यसअघि हकप्रद शेयर निष्कासन गरेको थियो । उक्त निष्कासनमा आवेदन नपरेका शेयरका लागि कम्पनीले लिलामीमार्फत् बिक्री गर्न लागेको हो । कम्पनीको सर्वसाधारण समुहतर्फकाे १ लाख २० हजार १ सय २० कित्ता शेयर लिलामीमा इच्छुक व्यक्तिले गोप्य सिलबन्दि बोलपत्र मार्फत आवेदन दिन सक्नेछन् ।
सो शेयर खरिदका लागि सिभिल क्यापिटल मार्केट वा सिभिल बैंकका तोकिएका शाखामा गई आफूले लिन चाहेको शेयर र कबोल गर्न चाहेको मूल्यले हुन आउने सबै रकम क्यापिटलको खातामा जम्मा गरी सक्कल भौचरसमेत सिलबन्दी गरेर फारामको साथमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । बोलपत्र पेश गर्न चैत २४ गतेलाई अन्तिम मिति तोकिएको छ ।



